एजेन्सी –  भारत प्रशासित काश्मिरमा आत्मघाती आक्रमण हुँदा आठ सुरक्षाकर्मीको मृत्यु भएको छ । भारतिय मिडियाका अनुसार काश्मिरको पुलवामा जिल्लामा रहेको प्रहरी परिसरमा विद्रोही संगठनले आत्मघाती आक्रमण गर्दा आठ सुरक्षाकर्मीको मृत्यु भएको बताइएको छ ।

विद्रोही संगठनले प्रहरी परिसरमा अन्धाधुन्ध गोली प्रहार प्रहार गर्दा धेरैको ज्यान गएको हो । अझै मृत्यस हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।प्रहरीसँगको मुठभेडमा दुई जना विद्रोही लडाकु पनि मारिएका छन् । सुरुमा आक्रमणकारीले हमला गरेपछि प्रहरीले जवाफी कारबाही चलाएको थियो । घटना पछि त्यहाँ रहेका प्रहरीका परिवारलाई सुरक्षित ठाउँमा सारिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया