दीपक नेपाल योग प्रशिक्षक

महिनावारीको समयमा महिलाहरूमा पेट दुख्ने समस्या हुन्छ । कतिपयले अस्पताल धाउँदा पनि यो समस्याको समाधान पाउन सकेका हुँदैनन् । कहिलेकाहीँ योग गर्दा यो समस्याबाट केही हदसम्म मुक्ति पाउन सकिन्छ । महिलामा हुने विभिन्न स्वास्थ्य समस्याका लागि बद्धकोणासन अत्यन्तै उपयोगी आसन हो । महिनावारीको समयमा हुने पेट दुखाइ कम गर्न पनि यो आसन महत्वपूर्ण हुन्छ । तर, महिनावारीकै समयमा भने यो आसन गर्नुहुँदैन । अन्य सामान्य समयमा गरेको यो योगासनले महिनावारीको समयमा हुने दुखाइ कम गर्न भूमिका खेल्छ स्

कसरी गर्ने ? सबैभन्दा पहिले योग म्याटमा सजिलोसँग बस्ने, आसन सजिलो हुनुपर्छ ।

ढाड, गर्धन सीधा पारी श्वासमा ध्यान दिने, श्वासप्रश्वास प्रक्रिया मिलाउनुपर्छ ।

बिस्तारै दुवै गोडालाई एक–एक गरेर आफ्नो अगाडि फैलाउने ।

अब घुँडालाई मोडेर कुर्कुच्चालाई तिघ्राको नजिक ल्याउने ।

दुवै हातले गोडाका औँलालाई अझै तिघ्रानजिकै ल्याउने ।

श्वास छाड्दै ढाड सीधा पारेर बिस्तारै तल झुक्ने, जबर्जस्ती भने नगर्ने ।

बिस्तारै श्वास लिँदै माथि आउने । आसनको अन्त्यमा तल झुकेर आसनमै ३० सेकेन्डसम्म रहने । अब बिस्तारै माथि आएर खुट्टा पसार्ने र आसन सकेर आराम गर्ने । नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया