काठमाडौँ । हाँस्य श्रृखला खित्का डटकमको भाग ७ सार्वजनिक भएको छ । शम्भु थापा, सुरेश थापा, अनिता दंगाल, सुमन ज्योती न्यौपाने, जीवन महतराज, जेनी राणा, प्रवेश दाहाल, लगायतका कलाकारहरुको अभिनय रहेको हाँस्य सिरियलले समसामयिक हाँस्यब्यग्यात्मक विषयबस्तुलाई मुख्य रुपमा उठाएको छ ।

सुरेश थापाको लेखन निर्देशन रहेको टेलिचत्रले पछिल्लो समय चर्चा बटुल्न थालेको छ । सिरियलका ल्याङ्डी दादा, दर्शने लगायतका कलाकारहरुले निकै नै मनोरञ्जन प्रदान गर्दै आएका छन् । मनोरञ्जन टिभीको प्रस्तुती रहेको यस शृखलामा स्थानीय तहमा राजनीति गरेर भ्रष्टाचार गर्न नहुने, समाजलाई विकाशशिल बनाउन स्थानीय आँफै जागरुक हुनुपर्ने लगायतका विषयबस्तुहरुलाई प्रस्तुत गरिएको छ ।

तपाईको प्रतिक्रिया