अभिनेता अक्षयकुमार बलिउडमा खेलाडीकुमारका रूपमा पनि चर्चित छन् । उनको ‘खेलाडी’ शृंखलाको फिल्म निकै सफल भएको थियो । फिल्मी कथा मात्रै होइन, उनको प्रेमकथा पनि रोमाञ्चक छ । भनिन्छ, उनी एकसाथ तीन–तीनजनासँग पनि अफेयरमा रहन सक्थे । केहीसँग त उनको प्रेम गम्भीर रूपमै अगाडि बढ्यो । लामो समयसम्म नाम जोडिएर पनि आयो :

पूजा बत्रा अक्षयकुमार बलिउडमा प्रवेश नगर्दै पूजा बत्रासँग अफेयरमा थिए । त्यतिखेर पूजा सफल मोडल थिइन् । कतिपय पार्टीमा पूजाकै कारण अक्षयले अनुमतिसमेत पाए । उमेरमा अक्षय र पूजा समान थिए । जब अक्षयले बलिउडमा डेब्यु गरे तब उनी पूजालाई छाडेर करिअरमा ध्यान दिन सुरु गरे ।

रविना टन्डन अक्षयको लभ लाइफ रविना टन्डनसँग पनि बित्यो । ‘मोहरा’ फिल्मका लागि जब ‘टिप टिप वर्षा पानी’को सुटिङ गरिरहेका थिए, तब उनीहरू दुवैको तारिफ भयो । ती वर्षसम्म उनीहरू अफेयरमा रहे, पत्रपत्रिकामा उनीहरूमाथि बनेको किस्सा छापिए । ‘खेलाडियाँेका खेलाडी’मा अक्षयका साथ रविना र रेखा काम गरिरहेका थिए । त्यतिखेर रेखासँग पनि अक्षयको नाम जोडिएर आयो । तर, यो सब रविनालाई जलन गराउनका लागि थियो । अक्षयप्रति रविना गम्भीर थिइन् । बिहे गरेर घरबार नै गर्न चाहन्छिन् । तर, अक्षय तयार भएनन् । यही कारण उनीहरू अन्ततः टाढा भए ।

शिल्पा सेट्टी ‘चुराके दिल मेरा’, ‘गोरिया चली’लगायत गाउँदा–गाउँदै शिल्पाले अक्षयको दिल चोरिन् । रविनासँग ब्रेकअप भएपछि त्यो स्थान शिल्पाले ओगटिन् । तर, उनीहरूको सम्बन्ध पनि लामो टिक्न सकेन । कारण थियो, अक्षयले ट्विंकल खन्नालाई मन पराउँथे । शिल्पा र ट्विंकलको दुईतर्फी अफेयर लामो समय टिकेन । जब ट्विंकलसँगको सम्बन्ध शिल्पालाई थाहा भयो, तब तत्काल टाढिइन् ।

ट्विंकल खन्ना ट्विंकल खन्ना र अक्षयबीच तब रोमान्स सुरु भयो जब दुवैले एकसाथ फिल्म गर्न थाले । आफ्नो अफिसमा कुनै वेला अक्षय काम माग्न आउँदा ट्विंकलका बाबु राजेशले सोचेका थिएनन् होला कि छोरीसँग उनको अफेयर थियो । जब ट्विंकलले अक्षयसँग बिहे गर्ने कुरा बाबुसँग गरिन्, तब अक्षयले नै वैवाहिक सम्बन्ध राख्न इन्कार गरे । तर, अन्ततः उनीहरूको बिहे भयो ।

प्रियंका चोपडा बिहे भएको केही समयसम्म त ट्विंकलको बन्धनमा रहे, अक्षय । तर, पछि उनको दिल प्रियंका चोपडातिर ढल्किन थाल्यो । त्यतिखेर प्रियंकासँग उनी केही फिल्म गरिरहेका थिए । बिस्तारै उनीहरूबीचको अफेयरको हल्ला फैलिँद ट्विंकलको कानसम्म ठोकिन पुग्यो । ट्विंकलले सम्बन्ध नै तोड्ने बताएपछि अक्षय र प्रियंका टाढा भए । त्यसपछि भने अक्षयको नाम कुनै युवतीसँग जोडिएर आएको छैन । नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया