एजेन्सी । भारतका स्वघोषित आध्यात्मिक गुरू गुरमित राम रहिम सिंह बलात्कारमा दोषी ठहर भएसँगै भड्किएको हिंस्रक प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ ।

अदालतले गरेको फैसलाको विरोध गर्दै हरियाणका सिंहका समर्थकहरुले गरेको प्रदर्शनका क्रममा कैयाँ जना घाइते भएका छन् ।

सर्वसाधारणले धर्म गुरु मानेका गुरमित राम रहिम सिंहलाई बलात्कारको मुद्दामा अदालतले दोषी ठहर गरेपछि सुरु भएको प्रदर्शन अझै भड्किन सक्ने भन्दै प्रशासनले विशेष निगरानी राखीरहेको छ ।

प्रर्दशनका क्रममा २ दर्जन बढी सवारीसाधन ध्वस्त पारीएको छ भने केही हात हतियार र प्रर्दशनकारीलाई नियन्त्रणमा लिइएको छ ।

तपाईको प्रतिक्रिया