बर्दिया – यस वर्ष बबई नदी तथा अन्य स– साना खोलामा आएको बाढीले बर्दियामा करिव ४६ करोड मूल्य बराबरको बालीनालीमा क्षती पु¥याएको छ । बबई नदी,मान खोला र अन्य खोलानालामा आएको बाढीले खेतबारी, डुबान,कटान र पटान हुंदा कृषि क्षेत्रमा झण्डै ४६ करोडको क्षती भएको हो ।

यसबाट करिव १७ हजार कृषकका प्रभावित भएका छन् । धान उत्पादनको लागि उर्वरभुमि मानिने बर्दियामा बाढीका कारण १८ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली र ३५ हेक्टर जमिनमा लगाइएको केराबाली नष्ट भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले वताउनुभयो । बाढीले धान, मकै, अलहरका साथै तरकारी बालीसमेत ठूलो क्षति पुरयाएको छ ।

तपाईको प्रतिक्रिया