नेपालगन्ज १० भदौ । नेपालगन्ज कारागारमा क्षमताभन्दा दोब्बरकैदी बन्दी भएपछि उनीहरु ठूलो तनावमा परेका छन । तीन सय क्षमता रहेको कारागारमा हाल ७ सय ९ जना कैदीबन्दी छन । त्यसमा ६२ जना महिला कैदीबन्दी रहेको जेलर श्यामलाल लामिछानेले जानकारी दिनुभयो ।

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा उनीहरु रातभर जाग्राम बस्ने गरेका छन् । जेलर लामिछानेले कैदीबन्दीहरु धेरै हुँदा व्यवस्थापनमा ठूलो समस्या परेको वताउनुभयो ।

मुद्दाको अत्यधिक चाप र मध्य र सुदूरपश्चिमका कारागारबाट उपचारका लागि सरुवा भएर कैदीबन्दी नेपालगन्ज आउने भएकाले बर्सेनि सङ्ख्या बढ्दै गएको जेलर लामिछानेले वताउनुभयो ।

तपाईको प्रतिक्रिया