काठमाडौँ । चर्चित चिकित्सक डा गोविन्द केसी सप्तरिका बाढी पिडितको उपचार गर्दा गर्दै बेहोश भएर ढलेका छन् । लामो समय आमरण अनसनबाट अत्यन्तै कमजोर बनेका डा केसी बेहोस भएपछि पाँच बोतल सलाइन पानी चढाइएको छ ।

काठमाडौंबाट सप्तरी जाने बेलामै अस्वस्थ भएका डा केसीलाई चिकित्सकहरुले आराम गर्नुपर्ने बताइरहेका बेला बाढीले पूवी नेपाल जलमग्न भएको देख्न नसकेपछि अत्तालिँदै सप्तरी हानिएका डा केसीले सप्तरी गएर निशुल्क उपचार गराइरहेका छन् ।

आफू अस्वस्थ भए पनि उनले पीडितहरुलाई हौसला दिँदै भने तपाईंहरुको पीडामा साथ छौं, प्राकृतिक प्रकोपबाट अतालिनु पर्दैन ।’

तपाईको प्रतिक्रिया