एजेन्सी । बलिउड अभिनेता शाहरुख खानकी पत्नी गौरीलाई निर्देशक सञ्जय लीला भन्सालीले सेट डिजाइनिङमा सहकार्य गर्ने प्रस्ताव राखेका छन् ।

इन्टेरियर डिजाइनरका रुपमा काम गर्दै आएकी गौरीले हालै मुम्बईमा आफ्नो नयाँ स्टोर खोलेपछि बधाईं दिन र स्टोर हेर्न पुगेका निर्देशक भन्सालीले गौरीको काम र अनुसानबाट प्रभावित भएर त्यस्तो प्रस्ताव राख्ने हिम्मत गरेको बताइएको लछ ।

संजयको प्रस्तावमा गौरीले शाहरुखसँग सल्लाह गरेर निधो दिने बताइन् । नयाँ स्टोर खोलेपछि गौरीलाई बधाई दिन फराह खानदेखि , रानी मुखर्जी र श्रीदेवीसम्म पुगेका थिए ।

तपाईको प्रतिक्रिया