एजेन्सी । सिद्धार्थ मल्होत्रा प्रेम र रोमान्सका कारण बेलाबेलामा चर्चामा आउन रुचाउने पात्र हुन् ।

सिद्धार्थको अघिल्लो चलचित्र ‘बार बार देखो’ असफल भएपछि सिद्धार्थ जसरी पनि यसपटक आफ्नो नयाँ फिल्म ‘जेन्टलम्यान चलाउने धुनमा रहेका कारण सिद्धार्थ आलीयासँगबाट टाढिएको भारतीय मिडियाहरुले लेखेका छन् ।

सिद्धार्थ र ज्याकलिन अभिनित चलचित्र ‘जेन्टलम्यान’को चर्चा भइरहँदा सिद्धार्थले आलियालाई छाडेर चलचित्रमा अभिनयका क्रममा नै ज्याकलिनसँग नजिकिएको र अहिले उनीहरु प्रेममा रहेको भन्ने गसिप समेत छापिरहेका छन् ।

त्यस्तै ज्याकलिन र सिद्धार्थविचको प्रेमका कारण आलिया टाढा भएकी हुन् भन्ने गसिप मिडियामा छाएको छ ।

तपाईको प्रतिक्रिया