काठमाडौं । चलचित्र छायांकनका क्रममा बेलायत जाने तयारीमा रहेकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहलाई बेलायतले भिसा नपत्याएपछि उनी अप्ठ्यारोमा परेकी छिन् ।

साम्राज्ञीले रेनशा बान्तवा राईले निर्देशन गर्ने फिल्म ‘इन्टु मिन्टु लन्डनमा’को सुटिङका लागि लन्डन जाने सोच बनाएपनि दुतावासले उनको सोचलाई हावा खुवाईदिएको छ ।

साम्राज्ञीको भिसा नलाग्दा राईको फिल्मको सुटिङ रोकिएको छ भने अभिनेत्री हुँदै निर्देशक बनेकी झरना थापालाई भने राहत मिलेको छ।

झरनाले पहिलोपल्ट निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर–२’ मा साम्राज्ञीले प्रमुख भुमिकामा अभिनय गरेकी छिन्। भदौ–१६ मा रिलिज हुने फिल्मको पब्लिसिटीको समयमा नजानेभएपछि ‘ए मेरो हजुर–२’ यूनिटलाई भने राहात मिलेको छ ।

तपाईको प्रतिक्रिया