डा. राजेन्द्र बराल क्यान्सर रोग विशेषज्ञ भक्तपुर क्यान्सर अस्पताल 

क्यान्सर रोग पछिल्लो समय सबैभन्दा धेरैलाई लाग्ने रोगमध्ये पहिलो नम्बरमा पर्छ । नेपालमा मात्र नभएर विश्वमा नै क्यान्सरको अवस्था उस्तै छ । हाम्रो अव्यवस्थित जीवनशैली र अव्यवस्थित खानपानका कारण क्यान्सरका बिरामी बढेका हुन् । क्यान्सर सरुवा रोग नभए पनि विश्वका धेरैजसो मानिस क्यान्सर रोगबाट ग्रसित छन् ।

मुखको क्यान्सरको प्रमुख कारण सुर्तीजन्य पदार्थको सेवन गर्नु हो । त्यस्तैगरी मद्यपान, सुपारीजन्य पदार्थ र अखाद्य पदार्थ तथा रासायनिक पदार्थको प्रयोगले पनि मुखको क्यान्सरका बिरामी बढेका छन् । मुखको क्यान्सर भएका बिरामीमा ९० प्रतिशभन्दा बढी सुर्ती सेवनका कारण हुने गरेका छन् ।

अल्कोहल, जंकफुड, रफुड, केमिकल हालेको सागसब्जीका कारण पनि मुखको क्यान्सर हुन सक्छ । क्यान्सरबाट बच्न नुन कम हालेको खानेकुरा खानु राम्रो हुन्छ ।

मद्यपान पनि मुखको क्यान्सरको प्रमुख कारण हो । जुनसुकै प्रकार र मात्रामा रक्सी सेवन गर्दा पनि मुखको क्यान्सर हुन सक्छ । मद्यपान गर्दा सुर्तीजन्य पदार्थ धूम्रपान पनि हुने गरेको प्रशस्तै भेटिन्छ । सुर्ती र रक्सी सँगै सेवन गर्दा मुखको क्यान्सर हुने सम्भावना १५ गुनाले बढ्छ ।

मुखमा भएका परिवर्तन, घाउ–खटिरा, दाग सजिलैसँग देख्न सकिन्छ । प्रायजसो मुखका क्यान्सर अन्य घाउ–खटिरा भएर आउँछ ।

बिहान–बेलुका, खाना खाएपछि राम्रोसँग मुखको सफाइ गर्ने, कुल्ला गर्ने, सन्तुलित खाना, हरियो सागपात, फलफूल खाने गर्नाले मुखमा हुने क्यान्सरबाट बच्न सकिन्छ ।

मुखमा विभिन्न दाग देखिन सक्छ । कहिलेकाहीँ घाउ नदुख्न पनि सक्छ । त्यस्तो अवस्थामा चिकित्सकलाई देखाउनुपर्छ ।

नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया