काठमाडौँ- मुलुकका विभिन्न भागसँगै राजधानीमा समेत स्क्रब टाइफसले संक्रमितहरु उल्लेख्य मात्रामा भेटिन थालेका छन् ।

मुसामा लाग्ने किर्नाजस्तो निकै सानो किराको टोकाइबाट यो रोग लाग्छ ।

यो किरालाई अंग्रजीमा माइट भनिन्छ । माइटको शरीरमा भएको ओरएन्सिया सुसुगामुसी जीवाणुले गर्दा यो संक्रमण हुने गरेको हो ।

राजधानीको टेकु अस्पतालमा एक साताएता ३९ जना त्यस्ता बिरामी पुगिसकेका छन् । आजकोकान्तिपुरमा खबर छ ।

यो संक्रमणबाट यो बर्ष पाँच जनाको मृत्यु भइसकेको सरकारी तथ्यांक छ ।

तपाईको प्रतिक्रिया