सुर्खेत – माओवादी केन्द्र का अध्यष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा संविधान संशोधनबारे बोल्नु गलत भएको बताएका छन् ।

नेपालको आन्तरिक मामिलालाई भारतमा उठाइएको भन्दै उनले आपत्ति जनाए । आजको कान्तिपुरमा खबर छ ।

उनले भने, -संविधान संशोधन नेपालको आन्तरिक मामिला हो । -यसलाई संसदले टुंग्याइसकेको छ । -फेरी यो विषय उठाइरहन जरुरी छैन । -संसदमा विफल भइसकेको विषयवस्तु भारतमा गएर जसरी पनि संशोधन गराउँछु भन्नु गलत हो ।

तपाईको प्रतिक्रिया