काठमाडौँ । अहिले चर्चामा रहेको रियालिटी टिभी शो नेपाल आइडलको टप फाइभमा रहेका प्रतियोगीमध्ये आज १ जना बिदा हुँदैछन् । सबै प्रतिस्पर्धी उत्तकै रहेका भन्ने निष्कर्ष आइरहेका बेला देश र विदेशबाट हुने भोटीगंका आधारमा ५ जना प्रतिस्पर्धी प्रताप दास, निशान घिमिरे, सुजाता पाण्डे, सागर आले र बुद्ध लामामध्ये १ जनाले आज स्टेज छोड्नै पर्छ ।

रियालिटी टिभी शो नेपाल आइडलको हिजोको टप फाइभको पर्फमेन्स डेमा एडिटिङमा सामान्य ध्यान नदिँदा नराम्ररी चिप्लिएको आइडल टिमले आज विशेष सावधानीका साथ एक जनालाई बिदा त गर्नुपर्छ नै तर को होला त्यो ब्यक्ति ? त्यसको लागी अब केही समयमात्रै बाँकी छ ।

तपाईको प्रतिक्रिया