काठमाडौँ- कात्तिक १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘फाटेको जुत्ता’को पहिलो गीत रिलिज गरिएको छ ।

भिडियोमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासियालाइ फिचरिङ गरिएको गीतमा प्रभेष मल्लिकको शब्द, संगीत तथा स्वर रहेको छ ।

कविराज गहतराज र राजिभ समरको कोरियोग्राफी रहेको फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।चलचित्रलाइ अर्जुन कुमारले निर्माण गरेका हुन् ।

चलचित्रमा निरज कँडेलको छायांकन, दिर्घ खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन रहेको छ ।

तपाईको प्रतिक्रिया