एजेन्सी । जमाना नै पारदर्शीताको छ अचेल । जो सोझो उसले केही बिक्दैन अचेल । अझ बलिउड र हलिउडमा त चटपटे कलाकार नहुने हो भने हेरेको हेरै भएर पलायन हुन रतितभर लाग्दैन । यही बिचमा बलिउडमा एउटा मात्र चलचित्र खामोसियाँमा हट सिन दिएर चर्चामा आएकी सुन्दरी नायिका सपना पब्बीले हालै निकै बोल्ड फोटोसुट गरेकी छिन् ।

कैयौँ टिभी शोहरुमा काम गरिसकेकी सपनाको बलिउडमा जम्ने रहर रहरमा नै सिमित भइरहेका बेला उनले यो हट फोटोसुट एक म्यागजिनको लागि गरेकी हुन् । फोटोसुटमा उनी पारदर्शी बालो रंगको आउटफिटमा देखिएकी छिन् ।

करिब आधा दर्जन बढी फोटो सार्वजनिक गरेकी सपना निकै कामुक अवतारमा देखा परेकी छिन् । फिल्म नचलेपछि खाली हात बसेकी सपनाका यि अर्धनग्न तस्विरले उनलाई कति साथ दिने हुन् त्यो भने हेर्न बाँकी नै छ ।

तपाईको प्रतिक्रिया