नेपालगन्ज ९ भदौ । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा रहेका घोडा खच्चरको स्वास्थ्य परिक्षण गरिएको छ । शुक्रबार हिरमिनियाको बाबुपुर्वामा निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरी घोडा खच्चरको स्वास्थ्य जाँच गरिएको हो ।

शिबिरमा स्वास्थ्य जाँचका साथै निःशुल्क औषधी समेत बितरण गरिएको छ । यस नेपालगञ्जका घोडा खच्चर पालिँदै आएको क्षेत्रमा शिबिर संचालन गरेर स्वास्थ्य सेवा पु¥याउँदै आएको पशु तालिम स्वास्थ्य तथा प्ररामर्श सेवा केन्द्र पोखरा शाखा कार्यालय नेपालगञ्जले शुक्रबार हिरमिनियामा शिबिर संचालन गरेको हो ।

शिबिरमा ७० घोडा खच्चरको स्वास्थ्य जाँच गरिएको सेवा केन्द्र नेपालगञ्जका पशु स्वास्थ्य प्राविधिक मंगल बहादुर थारुले जानकारी दिए । पशुहरुमा खासगरी घाउँ खटिरा, जुका र लङडापनको समस्या देखिएको छ । स्वास्थ्य जाँच गरिएका घोडा खच्चरमध्ये अधिकांशमा घाउ, जुकाको समस्या देखिएको प्राबिधिक चौधरीले बताए ।

शिबिरमा सेवा केन्द्रका संयोजक भेषराज बास्तोलाको उपस्थितिमा प्राबिधिक लाल बहादुर थारु र पूर्णलाल थारुले स्वास्थ्य जाँच गरी सेवा प्रदान गरेका थिए । सेवा केन्द्रले यसअघि नेपालगञ्जका बिभिन्न क्षेत्रमा घोडा खच्चरका लागि निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया