सल्यान, ९ भदौ । ढोरचौर गाउँपालिका–३ गर्तेनामा आज अपराह्न जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा ढोरचौर गाउँपालिका–४ की ५० वर्षीया लालमति विक रहेको प्रहरीले जनाएको छ । घरमै विष सेवन गरेकी विकलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा लु १ च ७७४४ नको जिप दुर्घटनामा पर्नुभएको हो । दुर्घटनामा विकका श्रीमान् काशीराम, आफन्त वीरबहादुर विक, गौरव कवर, गाडीधनी काशीराम विक र नाम नखुलेका दुई महिला घाइते भएको ढोरचौर प्रहरी चौकीका प्रमुख बाबुराम भट्टराईले जानकारी दिनुभयो ।

घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बाटो चिप्लो र हिलो भएको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

तपाईको प्रतिक्रिया