काठमाडौँ । वीरगन्जमा राजपाको कार्यक्रममा दुई समूहबीच हानाहान भएको छ । स्थानीय तहको निर्वाचनमा सहभागी हुने घोषणा गरेको दोस्रो दिन राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालको दुई समूहबीच वीरगन्जमा झडप भएको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार वीरगन्ज महानगरपालिकालगायत विभिन्न गाविसको उम्मेदवार छनोटका लागि शुक्रबार कुमुप्यालेस होटलमा कार्यकर्ता भेटघाट कार्यक्रम भइरहँदा केन्द्रीय महासचिव राजेशमान सिंह श्रेष्ठ र विमल श्रीवास्तव समूहबीच झडप भएपछि केहीबेर भागदौडको स्थिती र्सिजना भएको हो ।

वीरगन्जको प्रमुख पदको उम्मेदवारका आकांक्षी रहेका नेता श्रीवास्तव र सिंहबीच टिकट पाउन होडबाजी चलेपछि दुई पक्षबिच झडपको स्थिती र्सिजना भएको हो । झडपपछि भागदौडको स्थिती र्सिजना भएको थियो ।

तपाईको प्रतिक्रिया