एजेन्सी । २१ महिने बालिकालाई धर्मपुत्री बनाएकी बलिउड सुन्दरी नायिका सन्नी लियोन बिरुद्ध आमा बनेको एक महिना पूरा नहुँदै मुद्दा दायर भएको छ।

सन्नी र उनका पति ड्यानिल वेबरले ११ दम्पतीले लान नमानेकी बालिकाकलाई धर्मपुत्रीका रुपमा स्विकार्दै लगेको केही हप्तामा नै राष्ट्रिय बाल संरक्षण आयोगले उनकी छोरी निसाको मामिलामा उनीविरूद्ध मुद्दा दायर गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्े ।

भारतको ‘केन्द्रीय दत्तक ग्रहण संसाधन प्राधिकरणले बच्चा लिने कानुनी प्रक्रिया पूरा नगरेको आरोप लगाएको छ । सन्नी लियोनले निसालाई धर्मपुत्रीका रुपमा पालेको घोषणा गर्दै पोिष्ट गरेका तस्विरमा आपत्तीजनक कमेन्ट आएपछि सन्नी र उनका पति अप्ठ्यारोमा परेका हुन् ।

तपाईको प्रतिक्रिया