एजेन्सी- भारतको कन्नड राज्यकी कलाकार रचना र उनका सहकर्मी जीवनको कार दुर्घटनामा परेर ज्यान गएको छ। दर्घटनामा परी उनीहरुका ५ जना साथी घाइते भएको बताइएको छ ।

कुक्केस्थित मन्दिरबाट टाटा सफारीमा फर्कदैं गरेका उनीहरुको गाडी जीवनले चलाएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

रचनाले नदी, त्रिवेणी संगम र मधुबाला जस्ता टेलि श्रृंखलामा अभिनय गरिसकेकी छन् ।

तपाईको प्रतिक्रिया