एजेन्सी । शाहरुख खानको नयाँ फिल्म ‘मेरी जान कट्रिना’मा अनुष्का साहरुखकी श्रीमतीको भूमिकामा देखिदैछिन् भने कट्रिना एउटा स्टारको भूमिकामा देखिदैछिन् ।

चलचित्र ‘जब हेरी मेट सेजल’ असफल भएपछि आनन्द एल राइको निर्देशनमा तयार हुन लागेको नयाँ चलचित्रमा साहरुख एक होचो मानिसको भूमिकामा देखिने पक्कापक्की भएको छ ।

चलचित्रमा शाहरुख, सलमान, क्याट्रिना र अनुष्का जस्ता स्टार कलाकारहरु भएको भए पनि क्याटरिनाले आफ्नै नाममा चलचित्रको शिर्षक नहोस् भन्ने सुझाव निर्माण यूनिट र शाहरुखलाई दिएकी छिन् । यो चलचित्र अर्को बर्षको डिसेम्बरमा रिलिज गर्ने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया