काठमाडौं । अण्डर १९ साफ च्याम्पीयनसीप फुटवल प्रतियोगिताको सेमिफाइनलमा आज नेपालले बंगलादेशको सामना गर्दैछ । घरेलु मैदानमा भइरहेको प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको नेपालले समूह विजेता बन्दै सेमिफाइनल पुगेको बंगलादेशको चुनौती सामना गर्नुपर्ने भएको हो ।

नेपाल समूहको उपविजेता र बंगलादेश समूह विजेता बन्दै सेमिफाइनल पुगेका हुन् । खेल दिउसो ३ बजे ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुनेछ ।

त्यसैगरी आज नै हुने अर्को सेमिफाइनलमा भारतको सामना भुटानले गर्ने भएको छ । भारत र भुटानको खेल पनि दिउसो ३ बजे देखि नै हल्चोकमा रहेको सशस्त्र प्रहरीको मैदानमा सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया