अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–८ मा लु १ ज २६६४ नम्बरको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

सन्धिखर्क नगरपालिका–८ का खुमानन्द बन्जाडे, सन्धिखर्क नगरपालिका–२ का सुरज भुसाल, विकास भुसाल, प्यूठान जिल्ला घर भएका चालक माधव पराजुली, पुरन परियार र सुनिल क्षेत्री दुर्घटनामा परी घाइते भएको प्रहरीले जनाएको छ । यद्यपि घाइते सबैको अबस्था सामान्य रहेको बताइएको छ ।

प सडकबाट करिब सय मिटर तल खसेको थियो । रातको समयमा दुर्घटना भएकाले दुर्घटनाको कारण पत्ता लागि नसकेको बताइएको छ ।

तपाईको प्रतिक्रिया