नेपालगन्ज, ०८ भदौ – नेपालगन्जको रेडियो सद्भावले दोश्रो पटक विहिबार तिजकै दिनमा बाढी प्रभावित बाँकेको राप्तीसोनारी गाँउपालीकाको फत्तेपुरमा निःशूल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शिविर बाट ७ सय ५० जना लाभान्वित भएका छन् । रेडियो सदभाव र जेष्चर्स अफ काइन्डनेश गु्रप नेपालगञ्जको सहकार्यमा राप्तीसोनारी गाँउपालीका वडा नं ७ खल्ला भगडियामा रहेको आधारभुत विद्यालयमा सम्पन्न सिविरमा ५० जनालाई विशेषज्ञ उपचारका लागि रिफर समेत गरिएको रेडियो सद्भावका स्टेशन प्रमुख नविन गिरिले जानकारी दिए ।

सिविरमा आएका धेरैजसो विरामीहरुमा छाला सम्बन्धित समस्या, कान पाक्ने, झाडापखाला र भाइजर ज्वरो बढि देखिएको उपचारमा संलग्न डा. राहुल थापाले जानकारी दिनुभयो । त्यस क्षेत्रका स्थानियमा छालासँग सम्बिन्धितसहित विभिन्न खाले संक्रमण देखीएपछि संक्रमण फैलन नदिन रेडियो सद्भावले जेस्चर्ससँग सहकार्य गरि सिविर आयोजना गरेको हो । सिविरमा जेस्चर्स फर काईन्डनेस ग्रुपका चिकित्सक सहित करिब १ दर्जन स्वास्थ्यकर्मीहरु खटिएका थिए । निशुल्क औषधि वितरणमा भने औषधि व्यवसायिहरुको संगठन एन एम एस आर ए ले सहयोग गरेको थियो ।

विपत्तिका बेला आफ्नै घरआगनमा निशुल्क स्वास्थ्य उपचार पाएपछि स्थानियहरुले खुसी व्यक्त गरेका छन् । यसअघि यहि भदौ ३ गते राप्तीसोनारी गाँउपालीका वडा नं. ३ को भवनियापुरस्थित सरस्वति माविमा आयोजना गरिएको निःशूल्क स्वास्थ्य शिविरमा सात सय बढीको स्वास्थ्य जाँच तथा उपचार गरिएको थियो । ती मध्ये जटिल प्रकृतिका ५० बढीलाई बिशेषज्ञ उपचारका लागि रिफर गरिएको थियो ।

तपाईको प्रतिक्रिया