नेपालगन्ज ०७ भदौ । नेपालगन्जको रेडियो सद्भाव ९१.२ मेगाहर्जले दोश्रो पटक फेरी बाढी प्रभावित क्षेत्रमा निःशूल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । बाँकेको राप्तीसोनारी गाँउपालीकाको फत्तेपुरमा विहिबार निःशूल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागीएको रेडियोले जनाएको छ ।

रेडियो सदभाव र जेष्चर्स अफ काइन्डनेश नेपालगञ्जको आयोजनामा राप्तीसोनारी गाँउपालीका वडा नं ७ मा विहिबार नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा विहान १० वजेदेखी साँझ ५ वजेसम्म शिविर सञ्चालन हुने रेडियो सदभावका स्टेशन प्रमुख नवीन गिरीले बताए ।

४ सय वढि बाढी प्रभावितहरुको छालामा विभिन्न खाले संक्रमण देखीएको वडाध्यक्ष रामलखन थारुले बताए । संक्रमण फैलन सक्ने भएकाले त्यसलाई रोक्नका लागी तत्काल भोली नै नेपालगन्जवाट चिकित्सक सहितको टोली लिएर रेडियोको टिम त्यसतर्फ जान लागेको हो ।

त्यस क्षेत्रका ८ सय वढिलाई निःशुल्क स्वास्थ्य सेवा र औषधी प्रदान गर्ने लक्ष्य रहेको गिरीले बताए । यसअघि भदौ ३ गते राप्तीसोनारी गाँउपालीका ३ को भवनियापुरस्थित सरस्वति माविमा आयोजना गरेको निःशूल्क स्वास्थ्य शिविरमा सात सय बढीको स्वास्थ्य जाँच तथा उपचार गरिएको थियो । ती मध्ये जटिल प्रकृतिका ५० बढीलाई बिशेषज्ञ उपचारका लागि रिफर गरिएको थियो ।

तपाईको प्रतिक्रिया