एजेन्सी । सानो विषयमा पछि झगडा हुनु र बदलाको भाव उत्पन्न हुनु हिजोआज सामान्य कुरा जस्तै भएको छ । सामान्य भन्दा सामान्य बस्तु हराएमा मानिस आवेगमा आउने र ज्यान समेत लिन पछि नपर्ने घटनाहरु दिनानुदिन बाहिरिइरहेका बेला भारतको उत्तर प्रदेश लखीमपुर खिरीका रोहित नामका युवकले एक युवकले एक १३ वर्षे किशोरीको हात दुई टुक्रा हुने गरी छिनाइदिएका छन् । भारतीय समाचार संस्थाहरुका अनुसार ती युवकले पीडितको एक हातका सबै औंलाहरु टुक्र्याइदिएको बताइएको छ । रोहितले आफ्ना भाइ मोहितलाई ती किशोरीलाई बोलाउन पठाएर बिच बाटोमा नै हात छिनाइदिएपछि किशोरी तत्कालै बेहोश भएकी थिइन् ।

घटनास्थलमा प्रहरी तत्कालै पुगेर किशोरीलाई अस्पताल भर्ना गरिए पनि सबै औंला तरवारले काटेर छिनाइदिएको हात नजोडीएपछि लथ उपचारका लखनउ रिफर गरिएको छ । अभियुक्तलाई पक्राउ गरेर कारवाही थालिएको छ ।

तपाईको प्रतिक्रिया