काठमाडौँ । सुतिरहेका भाइको हथौडा हानेर हत्या गर्ने दाजु काठमामा पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–२३ झोसे बस्ने ५१ बर्षीय दाजु राजु मानन्धरले घरमा सुतिरहेका ४७ बर्षीय भाई गौतम मानन्धरलाई हथौडाले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

भाईको हत्या गरी दाजु राजु मानन्धर महानगरीय प्रहरी बृत्त जनसेवामा गएर आत्मासमर्पण गरेका थिए । हत्याका विषयमा प्रहरीले थप अनुसन्धान थालेको छ ।

तपाईको प्रतिक्रिया