काठमाडौँ । रुपन्देहीको देवदह, भलुही नजिकै तिब्र गतिका विपरीत दिसाबाट आइरहेका दुई मोटरसाइकल ठक्कर खाँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते छन्।

विपरीत दिसाबाट गुडिरहेका दुई मोटरसाइकल लु ३३ प ७०८३ र लु २३ प १०२८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जना गम्भीर घाइते छन्।

मृतकमध्ये एक जना युवक रुपन्देहीको सैनामैना नगरपालिका पर्रोहाका खेमराज थापा हुन् । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार अर्का युवकको पहिचान हुन सकेको छैन । तस्विर : अन्नपूर्ण

तपाईको प्रतिक्रिया