एजेन्सी । संसार विचित्रको छ । यहाँ कहिलेकाहीँ यस्ता कुराहरुका अफर आउँछन् जसका बारेमा कसैले सोच्न समेत भ्याएको हुँदैन । यस्तो अनौठो र विबादास्पद अफर ल्याएको छ चीनको ट्रेन्डी स्रिम्प्स नामक क्याफेले । जसले वक्षस्थलको आकारको आधारमा छुट दिने अफर सार्वजनिक गरेपछि चर्चा सँगसँगै विवादमा पनि तानिएको छ ।

क्याफेले एक विज्ञापन सार्वजनिक गर्दै स्तनको आकार र साइज जति ठूलो भयो उति नै मात्रामा छुट दिने घोषणा समेत गरेको छ । विज्ञापनमा ब्रा को कप साइज र मूल्यको सूचि उल्लेख गरिएको छ । साथै विज्ञापनमा एउटा स्लोगन पनि लेखिएको छः सहरभरि ठूला वक्षस्थलको खोजी छ ।

यो विज्ञापन आए लगत्तै विबादमा तानिएपछि क्याफेका म्यानेजरलाई सोधिएको प्रश्नमा यो विज्ञापन पश्चात आफ्नो ब्यापार भारी मात्रामा बृद्धि भएको उनले दाबी गरे ।

तपाईको प्रतिक्रिया