एजेन्सी । युरोपेली देश इटालीको भेनिस र लिडोको बीचमा पर्ने सानो टापुमा अहिलेसम्म गएको मानिस सकुशल नर्फकिएको बताइन्छ ।

१७ एकड क्षेत्रफलमा फैलिएको यो टापुलाई चारैतर्फ अग्लो पर्खालले घेरेको र त्यसलाई एउटा सानो नहरले दुई भागमा विभाजन गर्दछ ।

भेनिसिया तालको उत्तरी क्षेत्रमा पर्ने यो टापुमा नेपोलियन युद्धको क्रममा बेलायती सैनिकले फ्रेन्चबाट बच्नका लागि यसको पर्खालको प्रयोग गरेका थिए । पछि प्लेग रोगका बेला यो ठाउँमा बिरामीहरुलाई मर्नका लागि छाडिएको बताइन्छ ।

जहाँ करिब एक लाख ६० हजार मानिसलाई त्यहाँ मर्नका लागि छाडिएको थियो । जहाँ मानिसलाई मार्नु अघि क्रुर यातना समेत दिने गरिएको थियो ।

तपाईको प्रतिक्रिया