नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा ‘वान टु वान’ भेटवार्ता सुरू भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्रबीच ३० मिनेटका लागी ‘वान टु वान’ वार्तामा सहयोगीलाई समेत नराखेर दुई प्रधानमन्त्रीहरुबिच बिहीबार मध्यान्ह भेट भएको हो ।

दुबै देशका सरकार प्रमुखबीचको औपचारिक भेटवार्तापछि हैदरावाद हाउसमा नै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । यही वार्तापछि नेपाल र भारतबीच द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर हुनेछ ।

पाँच दिने राजकीय भ्रमणका क्रममा बुधबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरिसकेका छन् । नेपालबाट भारत भ्रमणमा निस्किँदा प्रतिपक्षी तथा काँग्रेसकै नेताहरुले देउवालाई सुझाव दिँदै नेपाल र नेपालीको पक्षमा अडान लिन गरेको आग्रहलाई देउवाले कसरी प्रस्तुत गर्नेछन् त्यो भने कृही दिनमा नै थाहा लाग्नेछ ।

तपाईको प्रतिक्रिया