काठमाडौं । चीनको ग्वाङडुङ प्रान्तको जुखाइ शहरमा शक्तिशाली समुद्री आँधीका कारण १२ जना मानिसको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।

हाटो नामक आँधीका कारण सर्वसाधारणहरु त्रसित बनेको बीबीसीले जनाएको छ ।आँधीका कारण बिजुली आपूर्ति पनि बन्द गरिएको छ भने मुख्य भूभागबाट २७ हजार मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ।

उक्त स्थानमा बाढीपहिरो लगायत प्रकोप आउन सक्ने भन्दै चेतावनी पनि दिइएको छ ।

तपाईको प्रतिक्रिया