काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन राप्रयुसंका अध्यक्ष प्रकाश रिमालले पार्टी विभाजनप्रति खेद प्रकट गरेका छन् । अध्यक्ष रिमालले सत्ता स्वार्थ व्यक्तिगत कारण र वाह्य प्रभावका कारण पार्टी विभाजित भएको आरोप लगाएका छन् । काठमाण्डौंमा आयोजित युवा संगठनको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष रिमालले सबै राष्ट्रवादी युवाहरुलाई एक हुन आव्हान समेत गरेका छन् ।

साथै रिमालले निर्वाचन आयोग जस्तो कानुनी र संवैधानिक निकायले किर्ते हस्तक्षरलाई समेत बैधानिक प्रधान गरि दल दर्ता गर्नुलाई आयोगको लाचारी, निरिहता र त्रुटिपूर्ण निर्माण भएको भन्दै खेद प्रकट समेत गरेका छन् । बैठकले तराईमा डुबानमा परेकालाई राहतको कार्यक्रम संचालन गर्न सम्बन्धित जिल्लाको युवा संगठनलाई समेत निर्देशन गर्दै युवा संगठनका केन्द्रिय सचिव हिक्मत जंग कार्कीको संयोजकत्वमा ५ सदस्य समिति समेत निर्माण गरेको छ ।

उक्त समितिले तुरुन्तै राहत संकलन तथा वितरणमा युवालाई परिचालन गर्ने बताइएको छ । त्यस्तै राष्ट्रिय स्वाधिनता सम्बन्धि सचेतना जगाउन समेत समिति निर्माण गरिएको छ । समितिको संयोजक केन्द्रिय प्रवक्ता सुजित के।सीलाई तोकिएको संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया