धनेश खड्का म्यानेजर ट्रेन्ड सेटर्स, सिटिसी मल

सुन्दर देखिने चाहना कसको हुँदैन र ? अझ युवतीहरू सौन्दर्यका लागि आफ्नो कपाललाई विभिन्न रङ र रूपमा ढाल्छन् । तर, ख्याल गर्नुपर्ने कुरा के हो भने यसरी विभिन्न डिजाइन तथा कलर चेन्ज गर्दा कहिलेकाहीँ झन् विरूप देखिन्छ । कहिलेकाहीँ सामान्य जानकारी नहुँदा पनि त्यसको असर विकराल बन्न सक्छ । त्यसैले आफूले चाहेअनुसार कपाललाई स्टाइलिस बनाउनुअघि प्रोसेस तथा जोखिम हुन सक्ने चरणसम्बन्धी जानकारी लिनुपर्छ । धेरै महिलाले चाहने कपाल स्ट्रेट गर्ने तरिका र अपनाउनुपर्ने सावधानीका विषयमा केही महत्वपूर्ण कुराको ख्याल गर्न जरुरी छ ।

बजारमा अहिले कपाल स्ट्रेट बनाउने धेरै कम्पनीका क्रिम पाइन्छन् । उपलब्ध क्रिमहरूमध्ये कुनैमा पावर बढी र कुनैमा कम हुन्छ । पावर बढी भएको क्रिमले कपाल चाँडो स्ट्रेट बनाउँछ भने कम हुनेले ढिलो स्ट्रेट बनाउँछ । तर, कपालको प्रकृतिले पनि त्यसमा असर पार्छ ।

कसैको कपाल भर्जिन हुन्छ भने कसैको ड्यामेज, प्रिकेमिकल हेयर हुन्छ । सोहीअनुसार क्रिम छनोट गर्नुपर्छ । तर, कहिलेकाहीँ एउटै व्यक्तिमा पनि विभिन्न गुणस्तरको कपाल हुन सक्छ । सबै क्वालिटी एउटै कपालमा पनि हुन सक्छ । यस्तो कपाल स्ट्रेट गर्दा बढी होसियार हुनुपर्छ ।

आवश्यकभन्दा बढी केमिकल प्रयोग गर्नु हुँदैन । कपालले आफ्नो क्वालिटी कहिल्यै परिवर्तन गर्दैन । कपाल नाइट्रोजन र सल्फरले बनेको हुन्छ । त्यसैले यसलाई स्ट्रेट गर्दा फस्ट क्रिमले सुकाउनुपर्ने हुन्छ । कपालमा केमिकल लगाएपछि चारैतिरको एक–एकवटा रौँ हेरेर परीक्षण गर्नुपर्छ ।

स्ट्रेट भए/नभएको थाहा पाउन कपाल तन्काएर हेर्दा राम्रो हुन्छ । रबरजस्तो तन्कने भयो भने स्ट्रेट भयो भन्ने बुझ्नुपर्छ । यति गरिसकेपछि सफा पानीले स्याम्पु लगाएर कपाल राम्ररी धुुनुपर्छ । सफा गरिसकेपछि कपाल राम्ररी ड्रायरले सुकाउनुपर्छ । नयाँ पत्रिकाले छापेको छ ।

आवश्यकभन्दा बढी हिट दिनु हुँदैन । आइरनले कपाल तान्नुपर्छ । आइरनले तान्दा पनि हिट कम भयो भने स्ट्रेट हुँदैन र बढी भयो भने कपाल ड्यामेज र हल्का भोल्युम देखिन्छ । जब कपालको सबै भागमा आइरन तानिन्छ, त्यसपछि सेकेन्ड क्रिम लगाउनुपर्छ । यो कपालको क्वालिटीअनुसार निश्चित समय राख्नुपर्छ । सामान्यतया १५ देखि २० मिनेट राख्दा हुन्छ । त्यसपछि कपाललाई राम्ररी स्याम्पुले सफा गरेर ड्राई गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया