काठमाडौँ- भारतको पाँचदिने राजकिय भ्रमणमा गएका प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीले आज (बिहीबार) कटैया कुशाहा र रक्सौल परवानीपुर प्रसारण लाइनको दूर नियन्त्रित यन्त्र (रिमोर्ट कन्ट्रोल) बाट उद्घाटन गर्ने भएका छन् ।

उद्घाटनपछि भारतबाट थप सय मेगावाट बिजुली आयात गर्न सकिने खबर आजको नागरिकमा छ ।

दुवै प्रसारण लाइनबाट ५० ५० मेगावाट बिजुली ल्याउन सकिने उर्जा मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया