सुरुङ्गा (झापा), ७ भदौ । मेची राजमार्गअन्र्तगत वुद्धशान्ति गाउँपालिका–१ वर्नेमा आज भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य दुई गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रोङ गाउँपालिका– ४ इलामका २१ वर्षीय तारा विक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा परी मेची नगर नगरपालिका–९ का क्षितिज रसाइली र वुद्धशान्ति गाउँपालिका–४ का फूलकुमारी लिम्बू गम्भीर घाइते भएका छन् ।

झापाबाट इलामतर्फ यात्रु लिएर जाँदै गरेको मे १ ज २०११ नम्बरको जिपलाई मे १ ज २४६३ नम्बरको जिपले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको थियो । जिपको ठक्करबाट मे १ ज २०११ नम्बरको जिपमा सवार विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया