काठमाडौं । चर्चित हाँस्कयकलाकार तथा निर्देशक कलाकार दीपाश्री निरौलाको आज ४२औं जन्मदिन । २०३२ भदौ ७ गते मोरङमा जन्मेकी निरौलालाई आज ४२ औं जन्मदिनको शुभकामनाको बिहानैदेखि ओइरो लागेको छ । हाल अमेरिकामा रहेकी दीपाश्रीले त्यहीँका आफ्ना साथीसंगीमाझ जन्मदिन मनाउने तयारी गरेको बुझिएको छ ।

दीपाश्रीको जन्मदिनमा कलाकार निर्माता दीपकराज गिरीले भावुक शुभकामना दिँदै जिन्दगीकै सबैभन्दा मिल्ने र असल साथीको संज्ञा दिएका छन् ।

उनले भनेका छन् ‘सुख र दुःख साथीलाई जोख्ने तराजु पनि हो, तर तिमी हरेक अवस्थामा म भन्दा वजनदार रह्यौ, सबैप्रति दयाभाव राख्ने, कसैको आँखामा आँसु देख्न नसक्ने, साथीहरूमध्येको उत्कृष्ट साथी हौ, जन्मदिनको लाखौ शुभकामना तिमीलाई । आज फेसबुक, लगायतका सामाजिक संजालमा पनि दीपालाई शुभकामना दिनेको लर्को नै लागेको छ ।

तपाईको प्रतिक्रिया