एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको मिल्दो जुल्दो अनुहारसँग नक्कल गरी बनाइएको माक्स लगाएर चोरी गरेका चोर पक्राउ परेका छन् । उनीहरु इटालीका हुन् ।

चोरलाई पक्रेपछि उनीहरु उत्तरी इटालीका भएको पत्ता लागेको छ । बैंक चोरी गर्ने ति चोरको नाम भने प्रहरीले गोप्य राखेको छ । उनीहरुले अपनाएको यो तरिका सन् १९९१ को फिल्म ‘पोइन्ट ब्रेक’ बाट प्रभावित भएर गरिएको प्रहरीले आशंका गरेको छ ।

उक्त फिल्ममा डनहरुले पूर्व राष्ट्रपतिको मास्क लगाएर बैंक चोरी गर्छन् तर पछि ती दाजुभाइले अरु नै फिल्म हेरेर चोरी गर्न तयार भएको बताउँछन् । यो घटनाले पछिल्लो समय सामाजिक संजाल र मिडियामा ब्यापक चर्चा पाइरहेको छ ।

तपाईको प्रतिक्रिया