एजेन्सी । मिथुन चक्रवर्तीकी छोरी दिशानी चक्रवर्ती बलिउडमा डेब्यु गर्ने तयारीमा छिन् । अमेरिकाको न्युयोर्क फिल्म एकेडमीबाट अभिनयको कोर्स पुरा गरेकी दिशानीले सामाजिक संजालमा कैयौँ फलोअर्स बटुलीसकेकी छिन् ।

बाबु मिथुन जस्तै डान्समा निकै अब्बल रहेकी उनि राम्रो स्क्रिप्ट पाए फिल्म खेल्ने तयारीमा रहेको हालैको एक अन्तरवार्तामा बताएकी छिन् । दिशानी मिथुन चक्रवर्तीको धर्म छोरी हुन् ।

स्रोतका अनुसार दिशानीलाई फोहोर फाल्ने डस्टविनमा फेला पारेपछि मिथुनले धर्म छोरीको रुपमा स्यारर्दै पालन पोषण गर्दै आएका हुन् । सलमानको सुटिंग सेटमा देखिने उनलाई मिथुनले कहिल्यै धर्म छोरीको ब्यबहार नगरेको बताइन्छ ।

तपाईको प्रतिक्रिया