एजेन्सी – चीनले विश्वकै तिब्र गतिमा गुड्ने बुलेट ट्रेन बनाएको छ । बिकासमा सधै एक कदम अगाडी रहने चिनले विश्वकै तिब्र गतिमा गुड्ने बुलेट ट्रेन सञ्चालनमा ल्याएको हो ।

चिनियाँ सञ्चार माध्यमका अनुसार चीनको हाइस्पीड ट्रेन अब विश्वकै सबैभन्दा तिब्र गतिमा गुड्ने ट्रेन बनेको र जुन ३५० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्ने बताइएको छ ।

चीनले बनाएको तिब्र गतिको ट्रेन सन् २०११ मा दुर्घटनाका कारण तीन सय जनाको ज्यान गएपछि चीनले बुलेट ट्रेनको गति ३०० किलोमिटर प्रतिघण्टामा घटाइएको थियो।२१ सेप्टेम्बरबाट चीनमा बुलेट ट्रेनले ३५० किलोकिटर प्रतिघण्टाको गतिमा गुड्ने अनुमति पाउने बताइएको छ।

तपाईको प्रतिक्रिया