काठमाडौं- बलिउडको दुनियाँ पनि सानो छ । एक–अर्कालाई नभेटूँ भन्दा पनि घुमीघुमी भेट भइहाल्छ । त्यस्तै भएको छ, प्रियंका चोपडालाई । उनी आफ्ना पूर्वप्रेमी हरमन बबेजालाई भेट्न चाहँदिनथिन् । तर, एउटा पार्टीमा उनीसँग जम्काभेट भइहाल्यो । अब कसो गर्ने रु पार्टीमा उपस्थित पाहुनाहरू उनीहरूको अवस्था चिहाइरहेका थिए । तर, प्रियंकाले आफूलाई निकै सहजताका साथ प्रस्तुत गरिन् ।

प्रियंकाले पूर्वप्रेमी हरमनलाई हाइ मात्र भनिनन्, हाल खबर सोध्दै केही मिनेट कुराकानी पनि गरिन् । प्रियंका र हरमनबीच त्यतिवेला अफेयर चलेको थियो, जतिवेला हरमन बलिउडमा प्रवेश नै गरेका थिएनन् । हरमनको पहिलो फिल्म ‘लब स्टोरी २०५०’ मा पहिला करिना कपुर हिरोइन लिने तयारी थियो । तर, कारणबस करिनाले त्यो फिल्म छाडिन् । त्यसपछि करिनाको ठाउँमा प्रियंकाको प्रवेश भयो । त्यसपछि प्रियंका र हरमनले आशुतोष गवारिकको ह्वाट्स योर राशिमा पनि सँगै काम गरे । तर, हरमनका दुवै फिल्म फ्लप भए ।

फिल्म फ्लप हुनुको असर प्रियंका र हरमनको प्रेममा पनि पर्‍यो । प्रियंकाले फ्लप हिरोसँग सम्बन्ध गाँसिरहन चाहिनन्, जसकारण उनले हरमनलाई छाडेको दाबी भारतीय मिडियाको छ । तर, हरमन भने आफूहरूको ब्रेकअप किन भयो भन्ने कुरा खोल्न चाहँदैनन् । नयाँ पत्रिकाले छापेको छ ।

प्रियंकासँग ब्रेकअपपछि हरमन विपाशा बसुको प्रेममा परे । उनीहरूबीच धेरै समय रोमान्स चल्यो । हरमन विपाशालाई बिहे गर्ने योजनामै पुगेका थिए । तर, हरमनका बाबु निर्देशक ह्यारी बबेजाले विपाशालाई बुहारीका रूपमा स्वीकार्न नसक्ने बताए । हरमनले बाबुको कुरा माने र विपाशालाई छाडिदिए । प्रियंकाले पूर्वप्रेमी हरमनसँग के कुरा गरिहोलिन्, भारतीय मिडियालाई कुतूहलताको विषय भएको छ, अहिले ।

तपाईको प्रतिक्रिया