काठमाडौँ – अवस्थ जीवनशैलीका लागि हरेक मानिसलाई जिम र व्यायाम आवश्यक छ । अझ, कलाकारहरूका लागि त यसको अझ विशेष महत्व छ । उनीहरू स्वस्थ मात्रै हैन, आफूलाई आमदर्शकका अगाडि आकर्षक देखिनका लागि पनि नियमित जिम जान्छन्, व्यायाम गर्छन् । नयाँ पत्रिकाका रामजी ज्ञवालीले नेपालका केही कलाकारलाई जिम र व्यायामबारे प्रश्न सोधेका छन् ।

राजेश हमाल -अभिनेता बिहान उठिसकेपछि सफा चिसो पानी खान्छु । पानी खाइसकेपछि नियमित एक्सरसाइजमा लाग्छु । घरमै जिमका सामान छन् । धेरैजसो साँझमा एक्सरसाइज गर्न छुटाउँदिनँ । मैले कम्तीमा एक घन्टासम्म एक्सरसाइज र जिम गर्ने गरेको छु । यो हरेकको स्वास्थ्यका लागि फाइदाजनक कुरा पनि हो ।

श्वेता खड्का -अभिनेत्री हामी धेरै नियमित व्यायाम गर्दैनौँ । म नियमित रूपले व्यायाम गर्छु । यसले रक्तसञ्चार राम्ररी हुन्छ र छालामा निखार ल्याउँछ । दैनिक कति समय व्यायाम गर्छु भन्ने यकिन नभए पनि व्यायाम गर्न कहिल्यै भुल्दिनँ ।

पुजना स्त्री – अभिनेत्री नियमित जिम गर्न कहिल्यै बिर्सन्नँ । यसले सौन्दर्य झल्काउन मद्दत गर्ने मात्रै हैन, स्वस्थ जीवनका लागि पनि मद्दत गरेको हुन्छ ।

मन्जु पौडेल – गायिका बिहान उठेपछि सफा पानी पिउँछु । त्यसपछि आधादेखि एक घन्टा एक्सरसाइज गर्छु । फुर्सद भएसम्म योगा पनि गर्छु । शरीरलाई स्वस्थ एवं फिट राख्न एक्सरसाइज गर्न जरुरी छ भन्ने कुरामा सचेत छु । रेगुलर एक्सरसाइजले शरीरलाई स्फूर्त राख्न सहयोग गर्छ । देश–विदेशमा हुने कार्यक्रममा निकै व्यस्त हुन्छु । कहिलेकाहीँ समय नमिल्न पनि सक्छ । तर, समय भएसम्म एक्सरसाइजचाहिँ गरिरहन्छु । हरेक मान्छे आफ्नो स्वास्थ्यप्रति सचेत हुन जरुरी छ ।

नम्रता श्रेष्ठ – अभिनेत्री म आफ्नो सौन्दर्य कायम राख्न सकेसम्म व्यायाम गर्न भुल्दिनँ । व्यायामका सन्दर्भमा अनुशासित हुनुपर्छजस्तो लाग्छ । व्यायामले मस्तिष्कलाई स्वस्थ राख्छ । स्वस्थ मस्तिष्कले शरीर र स्वस्थ जीवन अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्छ । म बिदाको दिनसमेत वर्कआउट गरिरहेकी हुन्छु ।

अनुपविक्रम शाही – अभिनेता म दैनिक तीन घन्टा जिमखानामा बिताउँछु । जिमखाना जान थालेको चार वर्ष भयो । हप्ताको ६ दिन जिम जान्छु । सुटिङले गर्दा कहिलेकाहीँ जिम जान पाउँदिनँ । तर, ‘जिम जानुपर्छ र स्वस्थ बन्नुपर्छ’ भन्ने कुरामा म एकदमै सचेत छु ।

रेखा थापा – अभिनेत्री म नियमित रूपमा जिम जाने गरेकी छु । बिहान र साँझ दुवै वेला जिम जाने गरेकी छु । यद्यपि, साँझको समयमा सधैँ जिम जान्छु । नियमित जिम र एक्सरसाइजले स्वस्थ जीवनका लागि ठूलो महत्व राखेको हुन्छ । हरेक दिन १ देखि २ घन्टासम्म जिम जाने गरेकी छु ।

आयुषमान देशराज जोशी – अभिनेता जिम नगए पनि नियमित एक्सरसाइज गरिराखेको हुन्छु । बिहान ५ बजे साइक्लिङ सुरु गर्छु । म साइक्लिङ गरेर अहिलेसम्म काठमाडौंका हरेकजसो स्थान पुगेको छु । नियमित रूपमा एक्सरसाइजले छुट्टै खालको आनन्द आउँछ । काम गर्न पनि फुर्ती जाग्छ ।

बेनिशा हमाल – अभिनेत्री म सिनामंगलको वेस्टर स्पा एन्ड फिटनेस क्लबमा नियमित रूपमा जिम जाने गरेकी छु । मैले जिमखाना धाउन थालेको लगभग डेढ वर्ष पुग्यो । हामी कलाकारको जीवनमा जिमको निकै महत्व छ । शरीरलाई मेन्टेन गर्नका लागि पनि जिमको ठूलो महत्व छ । कलाकार भएपछि सबैले नोटिस गर्छन् । त्यसैले पनि फिट हुनु जरुरी हुन्छ । दिनभर काममा नै व्यस्त हुने भएकाले मैले बेलुकीको डेढदेखि दुई घन्टा समय जिमका लागि छुट्याएकी छु । हप्तामा पाँच दिन जिम जान्छु ।

आर्यन अधिकारी नियमित जिम जाने कलाकारहरूमध्ये सायद म छुट्दिनँ होला । बिहान कहिलेकाहीँ मन लाग्दा जिम गए पनि साँझ नियमित रूपमा जाने गरेको छु । करिब दुई घन्टाको समय जिम गरेर बिताउने गर्छु । जस्तोसुकै परिस्थितिमा पनि जिम जान पछि पर्दिनँ । सायद मेरो स्वस्थ जीवनशैलीको राज पनि जिम नै होजस्तो लाग्छ ।

मन्जु पौडेल – गायिका बिहान उठेपछि सफा पानी पिउँछु । त्यसपछि आधादेखि एक घन्टा एक्सरसाइज गर्छु । फुर्सद भएसम्म योगा पनि गर्छु । शरीरलाई स्वस्थ एवं फिट राख्न एक्सरसाइज गर्न जरुरी छ भन्ने कुरामा सचेत छु । रेगुलर एक्सरसाइजले शरीरलाई स्फूर्त राख्न सहयोग गर्छ । देश–विदेशमा हुने कार्यक्रममा निकै व्यस्त हुन्छु । कहिलेकाहीँ समय नमिल्न पनि सक्छ । तर, समय भएसम्म एक्सरसाइजचाहिँ गरिरहन्छु । हरेक मान्छे आफ्नो स्वास्थ्यप्रति सचेत हुन जरुरी छ ।

अश्लेषा शाही ठकुरी – अभिनेत्री म नियमित एक्सरसाइज गर्दै आएकी छु । यो मेरो सौन्दर्य कायम राख्ने एउटा उपाय पनि हो । सधैँ बिहान दुई घन्टा एक्सरसाइज गर्छु । त्यसमध्ये योगा, जिम र रनिङ गर्न कहिल्यै भुल्दिनँ । साथै, जिम र एक्सरसाइजबाहेक हप्ताको तीन दिन डान्स गर्छु । डान्स निरन्तर गर्न सकियो भने मन खुसी हुन्छ । हेल्दी पनि भइन्छ । यो एक खालको एक्सरसाइज पनि हो ।

खुस्बु खड्का – अभिनेत्री म नियमित एक्सरसाइज गर्छु । दिनमा आधा घन्टाजति घरमै एक्सरसाइज गर्दै आएकी छु । एक्सरसाइजबाहेक समय मिलाएर जिम पनि गइरहेकी छु । नायिका भएकाले पनि शरीरलाई राम्रो बनाउन नियमित एक्सरसाइज र जिम आवश्यक छ । सञ्चिता लुइँटेलरअभिनेत्री जस्तोसुकै परिस्थितिमा पनि व्यायाम र जिम गर्न भुल्दिनँ । म बिहान सधैँ एक घन्टा व्यायाम गरिराखेकी हुन्छु । हरेक स्वस्थ मान्छेका लागि नियमित जिम, एक्सरसाइज, आवश्यक छ । सकेसम्म ४५ मिनेटदेखि एक घन्टासम्म व्यायाम गर्नुपर्छ । नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया