काठमाडौँ- उत्तर कोरियाको गुआममा आक्रमण गर्ने धम्की र उसका तर्फबाट बारम्बार गरिँदै आएको क्षेप्यास्त्र परीक्षणसँगै चलिरहेको वाक्युद्धलाई लिएर विश्लेषकले चेतावनी दिएका छन् कि यस्तो संवेदनशील समयमा संयुक्त सैनिक अभ्यास गर्नु आगोमा घिउ थप्नु जस्तै हो

कोरियाली प्रायद्वीपमा तनाव बढिरहेको समयमा अमेरिका र दक्षिण कोरिया हरेक वर्षमा जस्तै यसपटक पनि संयुक्त सैनिक अभ्यासमा जुटेका छन् । उत्तर कोरियाको तीव्र असन्तुष्टिलाई बेवास्ता गर्दै अमेरिका र दक्षिण कोरियामा सैनिक अभ्यासमा जुटेका हुन् ।

उत्तर कोरियाले यस संयुक्त सैनिक अभ्यासको तीव्र निन्दा गर्दै यसलाई ‘आगोमा घिउ खन्याउने’ काम भएको टिप्पणी गरेको छ । तर, अमेरिकाले भने यस सैनिक अभ्यासलाई रक्षात्मक बताएको छ । तर, उत्तर कोरियाले यसलाई आक्रमणको तयारीका रूपमा हेरिरहेको बताएको छ ।

यस संयुक्त सैनिक अभ्यासको दक्षिण कोरियामै पनि विरोध भइरहेको छ । सोमबारे केही प्रदर्शनकारीले एक विरोध प्रदर्शनमार्फत आफ्नो असन्तुष्टि प्रकट गरे । गत साता उत्तर कोरियाको मिडियाले जानकारी दिएको थियो कि उसले प्रशान्त महासागरस्थित गुआम टापुमाथिको आक्रमणलाई तत्कालका लागि स्थगित गरेको छ । यद्यपि उत्तर कोरियाले भनेको थियो कि ऊ अमेरिकी कारबाहीमाथि दृष्टि केन्द्रित गरिरहनेछ ।

चीन र रुसको प्रस्ताव जुलाईमा चीन र रुसले एक प्रस्ताव राखेका थिए । यस प्रस्तावमा भनिएको थियो— उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणमाथि रोक लगाउने कार्यको बदलामा सैनिक अभ्यास पनि स्थगित गरियोस् । तर, अमेरिकी ‘ज्वाइन्ट चिफ्स अफ स्टाफ’ अध्यक्ष जोसेफ डनफर्डले गतसाता भनेका थिए कि यो सैनिक अभ्यास तत्कालका लागि कुनै पनि स्तरमा छलफल वा संवादको हिस्सा होइन । र, यो अभ्यास पूर्वनिर्धारित योजनाअनुसार नै सञ्चालन हुनेछ ।

यस सैनिक अभ्यासमा अमेरिकाका करिब १७ हजार पाँच सय र दक्षिण कोरियाका ५० हजार सैनिकले भाग लिइरहेका छन् । यो अभ्यास १० दिनसम्म चल्नेछ । उत्तर कोरियाको गुआममा आक्रमण गर्ने धम्की र उसका तर्फबाट बारम्बार गरिँदै आएको क्षेप्यास्त्र परीक्षणसँगै चलिरहेको वाक्युद्धलाई लिएर विश्लेषकले चेतावनी दिएका छन् कि यस्तो संवेदनशील समयमा संयुक्त सैनिक अभ्यास गर्नु उत्तर कोरियालाई थप उक्साउने र आगोमा घिउ थप्ने कारबाहीका रूपमा हेरिनेछ ।

उत्तर कोरियाको चेतावनी उत्तर कोरियाको सरकारी पत्रिका ‘नोडोङ सिनमुन’ले आइतबार प्रकाशित आफ्नो सम्पादकीयमा लेखेको छ कि सैनिक अभ्यासबाट यस प्रायद्वीपको स्थिति थप खराब हुनेछ । सम्पादकीयमा ‘अनियन्त्रित आणविक युद्ध’ को चेतावनी दिइएको छ ।

उत्तरको समाचार एजेन्सी ‘यानहाप’ ले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनलाई उद्धृत गर्दै बताएको छ कि उत्तर कोरियाले यस सैनिक अभ्यासको बहानामा ‘परिस्थितिलाई अनियन्त्रित गर्नु हुँदैन ।’

अमेरिका र दक्षिण कोरिया हरेक वर्ष दुई चरणमा युद्धाभ्यास गर्दै आएका छन् । यसमा ठूलो संख्यामा सैनिक तथा बन्दोबस्तीका सामग्रीको उपयोग हुने गर्छ । यस्तो अभ्यास एकपटक वसन्तको मौसममा र अर्को अभ्यास हिउँदको समयमा हुने गर्छ ।

दुवै समयमा जमिन, समुद्र र हवाई सैनिकको अभ्यास हुने गर्छ । र, कम्प्युटरको माध्यमबाट पनि अभ्यास गर्ने गरिन्छ । पछिल्ला वर्षमा चरमपन्थी तथा रासायानिक आक्रमणलाई लिए पनि अभ्यास गरिएको छ ।नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया