एजेन्सी। पेट भित्रबाट ४० वटा चक्कु निकाल्नु के सामान्य कुरा हो ? भारतका एक सिपाहीले दुई महिनासम्म निलेको ४० वटा चक्कु भारतका डाक्टरहरुले घण्टौँ लामो अपरेसन गरि निकाल्न सफल भएका छन् ।

मानसिक रुपमा केही ग्रस्त ४२ वर्षिय यी चक्कु निल्ने व्यक्तिले कतिपय चक्कु फोल्ड गरेर निल्ने गरेको अप्रेशनमा संलग्न चिकित्सकले बताएका छन् ।

अपरेसन गरेर निकालिएको चक्कुमा कतिपयमा खिया समेत लागेको छ भने कतिपय भाँचिएको डाक्टरले बताएका छन्।

उनलाई रक्सीको जस्तो लत लागेका कारण चक्कु निल्ने गरेको बताइएको छ । ४० वटा चक्कु निकाल्न चिकित्सकहरुलाई ५ घण्टा लागेको थियो ।

तपाईको प्रतिक्रिया