एजेन्सी । ९८ वर्ष पहिले वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले आफ्नी श्रीमतीलाई लेखेको चिठीको अहिले कति मूल्य पर्छ होला ?

आइन्स्टाइनले आफ्नी पत्नीलाई लेखेको चिठी २१ हजार ४९२ डलर अर्थात् झण्डै २२ लाख रुपैयाँमा बिकेको छ । आइन्स्टाइनको यो चिठी अमेरिकाको पिआर अक्सन हाउसमा लिलामी भएको हो ।

जुन चिठी उनले सन् १९१९ को डिसेम्बर ५ मा आफ्नी पत्नी र छोरालाई लेखेका थिए । जुन पत्र हस्तलिखित रुपमा रहेको डेलिमेलले लेखेको छ ।

डेलिमेलका अनुसार उक्त चिठिको दुई साइडमा एकातर्फ अल्बर्ट र अर्कोतर्फ पापा नामबाट हस्ताक्षर गरिएको छ ।

तपाईको प्रतिक्रिया