एजेन्सी । बाटोमा हिँडिरहेका कुकुरहरु एकाएक निलो रंगमा परिवर्तन भएपछि शहरका मानिसहरु एकाएक अचम्ममा परे । प्रसंग हो भारत मुम्बईको ।

कुकुर निलो भएको घटनाको कारण खोज्दै जाँदा तलोजा इलाकास्थित कसादी नदीलाई जिम्मेवार ठहराइएको छ ।

हजारौँ फर्मासयुटिकल्स, खाद्यान्न तथा इन्जिनियरिंग कारखानाका कारण प्रदुषित बनेको नदीका कारण कुकुरहरु त्यो पानीमा डुबेका कारण उनीहरुको रंगमा परिवर्तन आएको बताइएको छ ।

उक्त क्षेत्रका भुस्याहा कुकुरहरु सोही प्रदुषित नदीमा गएर डुबुल्की मारेपछि अनौठा रंगका देखिन थालेका हुन् ।

तपाईको प्रतिक्रिया