काठमाडौँ – आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् ।

माइग्रेनको समस्या भएकाहरुले यी कुरामा ध्यान दिनुपर्छ । १ गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार नखाने । २ दही, मही, पनिर, आइसक्रिम, कफी चकलेट नखाने । ३ कोक, बियर, रक्सी, वाइन ९बन्द बोतल पेय पदार्थ ०को सेवन नगर्ने । ४ चम्किलो प्रकाश र भीडभाडबाट टाढै रहने । ५ अति दुर्गन्ध तथा बास्ना आउने ठाउँ नजिक नजाने । ६ भोको पेट नबस्ने, पानी तथा फलफूल प्रशस्त मात्रामा खाने । ७ चिन्तामुक्त भएर बस्ने कोशिश गर्ने ८ कम्तिमा पनि ६ देखि आठ घन्टा आरामले सुत्ने ।स्वास्थ्य खबरपत्रिकाबाट

तपाईको प्रतिक्रिया