PREM BAHADUR B.K

ताजा खबर, काठमाडौँ। अन्तर्राष्ट्रिय स्तरको ‘पेमेन्ट गेटवे’ ले  इन्टरनेटको माध्यमबाट कुनै पनि देशमा रकम भुक्तानी गर्न र प्राप्त गर्न सकिन्छ । नेपालमा अवैध मानिएको तर विभिन्न देशमा निकै चर्चित यो माध्यमलाई नेपाल राष्ट्र बैंकले नेपालमा केहि समय अघि यसलाई छिट्टै वैधता दिँदैछ  छ भनिएपनि हालसम्म यो सुबिधा नेपालमा लागु भएको छैन । तर नेपालमा बसेरै हाल विदेश बाट नै उपलब्ध सेवा जस्तै पेपल , पायोनिर ,स्क्रिल, नेटलर ,पर्फेक्ट मनि ,प्याटो ,प्याजा ,ओके पे, एडभ्कास ,पेयिर, बि टि सी ,जस्ता अन्य थुप्रै सेवा अनलाईनबाट दर्ता गरेर सजिलै गर्न सकिन्छ तर यसमा भेरिफाइ हुने बैंक हाम्रो देशमा उपलब्ध छैन । त्यसकारण बाँदरको हातमा नरिवल सरह हुन  जान्छ ।

बेरोजगारी बढेको बेला घरबाट काम गरेर सानोतिनो पैसा कमाउने युवाहरुले  कमाएको पैसा नेपालसम्म झिकाउन गारो भएको छ । freelancer. com, upwork. com, fiverr. com,  seoclerk. com जस्ता अन्य  थुप्रै विदेशी अनलाईन साइटहरु छन् जसबाट काम गरेर केहि पैसा कमाउन सकिन्छ ।

हाल बढ्दो बेरोजगारीको समस्याले गर्दा घरबाट काम गरी बस्ने युवाहरु बढ्दो छन् । यसरी कमाएको पैसा नेपाल भित्र्याउन न कुनै अन्तर्राष्ट्रिय स्तरको ‘पेमेन्ट गेटवे’ छन् । यसरी वैध रुपमा कमाएको पैसा नेपाल भित्र्याउन नसक्दा एक्सचेन्ज गर्ने गरिन्छ  भारत लगायत अन्य देशमा यो सेवा फस्टाईसकेको छ भने हाल नेपालमा इ सेवा ,हेल्लो पैसा ,आइ पे जस्ता रास्ट्रिय इस्तरको ‘पेमेन्ट गेटवे’ को सुरुवात भैसकेको छ भने अन्तर्राष्ट्रिय स्तरको ‘पेमेन्ट गेटवे’ को सुरुवात भने हालसम्म सुरु हुन् सकेको छैन् ।

आर्थिक वर्ष २०७२÷०७३ को बजेटमा समेत नेपालमा पेपलजस्ता अन्तर्राष्ट्रिय ‘पेमेन्ट गेटवे’ भुक्तानी माध्यमलाई वैध बनाउन प्रक्रिया थालिने घोषणा भएको थियो । यो प्रविधिले नेपालमा पनि वैधता दिइएपछि नेपालको सन्दर्भमा यो कदम उचित वा अनुचित भन्ने कुरा आएको थियो  । कसैले यसलाई खुलेरै स्वागत गर्नुपर्ने बताए  भने कसैले यस्ता प्रविधिले नेपाली पैसा बिदेसिने हुनाले यस्ता प्रविधि नेपालमा भित्रिनु उचित नभएको तर्क गर्छन् ।

कसै कसैले यस सुविधालाई  अवैध अनि  हुण्डीको पनि संज्ञा दिएका छन् । यदि इन्टरनेट बैकिंङ्  मोबाईल बैकिंङ् सुबिधा अवैध भए त्यसो भए हाल नेपालमा संचालित बैंक द्वारा दिइएका  इन्टरनेट बैकिंङ्  मोबाईल बैकिंङ् सुबिधालाई पनि अवैध मान्नेकी ? यस्ता सुबिधा त  अवैध नभएर जहाँ सुलभ भएको मान्नपर्छ अहिलेको बदलिँदो इन्टरनेटको युगमा आफ्न्नो खाताको रकम के कति छ भनेर बैंक नै अनि जहाँ ए टि एम मसिन छ त्यहाँ धाउन पर्छ भन्ने छैन यदि हामीसँग बैंक द्वारा दिइएका  इन्टरनेट बैकिंङ्  मोबाईल बैकिंङ् सुबिधा भएमा हामी सजिलै रात दिन कुनै सार्वजनिक बिदा नभनि जुन बेला जतिबेला पनि आफ्नो खाताको जानकारी लिन सक्छौँ अब   सर्वप्रथम हुण्डी भनेको के हो ? यसबारे धेरैलाई थाहा नहुन सक्छ आउनुहोस यसबारे पनि जानी राखौँ ।

हुण्डी भनेको के हो ? कस्तो अवस्थामा गरिन्छ हुण्डी ?

एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउने अवैध तरिकालाई हुण्डी  भनिन्छ । राज्यले तोकेको बाटोबाट पैसाको कारोबार नगरी अवैध तरिकाले अन्तर्राष्ट्रिय रुपमा पैसाको कारोबार गर्ने पद्धतीलाई हुण्डी भनिन्छ । वैधानिक तरिकाले भन्दा हुण्डीबाट पैसा पठाउँदा छिटो र कम शुल्क लाग्ने भएकाले हुण्डीमा मानिसहरुको आर्कषण बढ्दो छ ।

तर हुण्डीले अपराधलाई संरक्षण गरेको र आतंकवादी संगठनलाई सहयोग गरेको आरोपका कारण यसलाई मान्यता दिन विभिन्न देशका सरकारले चाही रहेका छैनन् । यसलाई कानुनी दायरामा ल्याउन खोज्दा खोज्दै पनि नसकिरहेको वर्तमान अवस्था छ ।

विदेशी लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१ ले नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध गरेको छ । नेपालीहरु विदेशमा गएर पिआर पाएपछि नेपालमा रहेको उनीहरुको सम्पत्ति  पनि विदेश लान खोज्छन् । पैसा बाहिर लाने कानूनी माध्यम नभएपछि पनि हुण्डी हुने गरेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय स्तरको ‘पेमेन्ट गेटवे’ लाई वैधता दिँदा नेपाललाई नै फाइदा : वैध रूपमै यो अन्तर्राष्ट्रिय स्तरको ‘पेमेन्ट गेटवे’ सेवा नेपालमा सहज रूपमा प्रयोग गर्न पाइएमा विशेषगरी आइटीक्षेत्र अनि जस जसले आफ्ना छोरा छोरीलाई IELTS , TOEFL  गराएर विदेशमा पढाईरहनु  भएको छ उनीहरुको कलेजको फि भुक्तान गर्दा योबाट निकै सजिलो हुन्थ्यो अनि आइटीक्षेत्रमा  काम गरिरहेकालाई पनि विभिन्न साइटका डोमेन , होस्टिंग लगाएतका सर्भर खरिद गर्दा निकै सहज हन्थ्यो नेपालमा अन्तर्राष्ट्रिय स्तरको ‘पेमेन्ट गेटवे’ लाई वैधता दिँदा  यसले नेपाललाई विश्वसँग जोड्न महत्वपूर्ण भूमिका खेल्नेछ ।’

अहिले नेपालमा यो सेवा वैध नहुँदा विशेषगरी विदेशमा बस्नेको बैकिंङ् डिटेल मागेर प्रयोग  गर्नुपर्ने समस्या रहेको छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरको ‘पेमेन्ट गेटवे’ वैध भएको खण्डमा नेपाली पैसा बिदेसिन्छ भनेर मात्र सोच्नु ठीक होइन । नेपालका कतिपय साथीभाइले नेपालमै बसेर विदेशका काम गरिरहनुभएको छ । नेपालमा अन्तर्राष्ट्रिय भुक्तानीका माध्यम सहज रूपमा उपलब्ध नहुँदा निकै महँगो विधि अपनाउनुपर्छ । जसकारण नेपाल भित्रिने रकम निकै कम हुन जान्छ ।’ नेपालमा अन्तर्राष्ट्रिय स्तरको ‘पेमेन्ट गेटवे’ वैधता दिइएको खण्डमा नेपालमा हजारौं डलर भित्रिने कुरामा कुनै दुईमत छैन  ।

यसले नेपालमा फस्टाइरहेको अनलाइन बिजनेसलाई अझ धेरै विकास गर्न मद्दत पुर्याउँछ ।’ यदि नेपालमा अन्तर्राष्ट्रिय स्तरको ‘पेमेन्ट गेटवे’ लाई वैधता दिइएमा  नेपालमा आइटीक्षेत्रमा काम गरिरहेकाको बिदेसिने संख्यासमेत घट्नेछ । विदेशमा बस्नेको बैकिंङ् डिटेल मागेर प्रयोग  गर्दा कहिले काँही समस्या आउन सक्छ । त्यसलाई शतप्रतिशत सुरक्षित मान्न सकिँदैन । जस्तै फेसबुकमा हामीले विदेशमा बस्नेको बैकिंङ् डिटेल हालेर प्रोमोट गरेको खण्डमा हाम्रो नाम अनि त्यो विदेशमा बस्ने साथीको बैकिंङ् डिटेल फरक पर्ने हुँदा फेसबुकले वैध मान्दैन हाम्रो बिजनेस हामीले सजिलै प्रोमोट गर्न पाउदैनौं अनि हामि सेवा लिनबाट वन्चित हुन्छौँ  त्यसैले नेपालमा यस्ता सेवालाई वैधता दिन ढिला गर्नुहुँदैन ।

नेपालमा अन्तर्राष्ट्रिय स्तरको पेमेन्ट गेटवेको अवैध कारोबार 

नेपालमा हालका लागि यो प्रविधि अवैध मानिए पनि जोजोसँग यो सेवा छ उनीहरुले वार्षिक मोटो रकम अन्तर्राष्ट्रिय स्तरको ‘पेमेन्ट गेटवे’को बाटै कारोबार हुने गरेको प्रविधि विज्ञहरू स्वीकार्छन् । ‘अवैध नै भए पनि नेपालमा यसबाट मोटो रकम कारोबार हुन्छ, जसबाट देशले कुनै  पनि रकम राजस्वका रूपमा पाउँदैन् ।’

‘अहिले फेसबुकमा विज्ञापन गर्न, विदेशबाट सामान किन्नलगायतका काममा पेपल प्रयोग भइरहेको छ। नेपालमा पेपल प्रयोग गर्न सहज भएको खण्डमा अवैध रूपमा नेपाली रकम बिदेसिनेक्रम रोकिने र नेपालमा अन्तर्राष्ट्रिय स्तरको ‘पेमेन्ट गेटवे’ लाई वैधता दिँदा  त्यसले मुलुकलाई निकै फाइदा पुग्नेछ ।  ‘वैध रूपमै नेपालमा अन्तर्राष्ट्रिय स्तरको ‘पेमेन्ट गेटवे’ लाई वैधता दिँदा यो  सञ्चालन भएमा राज्यले निकै मोटो रकम करका रूपमा उठाउन सक्छ । संसार सानो गाउँमा परिणत हुँदै गरेको समय कुनै पनि अन्तर्राष्ट्रिय भुक्तानीको माध्यम नेपालमा वैध नहुनु दुर्भाग्यको कुरा हो । विभिन्न  सफ्टवेर कम्पनी सञ्चालक भन्छन्, ‘नेपालमा वार्षिक लाखौँ रुपैयाँ अवैध रूपमा अन्तर्राष्ट्रिय स्तरको ‘पेमेन्ट गेटवे’ मार्फत भुक्तानी हुने गरेको छ ।’

भुक्तानीका लागी समस्या छैन तर नेपालमा अन्तर्राष्ट्रिय स्तरको ‘पेमेन्ट गेटवे’ वैध नहुँदा वैदेशिक मुद्रालाई नेपाल भित्र्याउन गाह्रो भइरहेको छ । उनका अनुसार नेपालको जनशक्ति अन्य विकसित देशको तुलनामा केही सस्तो भएकाले विदेशीले नेपाली जनशक्तिलाई काम दिने गरेको र त्यसबापत राम्रो रकम आम्दानी हुने भए पनि भुक्तानीमा समस्या हुँदा मोटो रकम नेपाल भित्रिन वञ्चित गरिएको र अन्य प्रविधि वा विधि प्रयोग गर्दा नेपालसम्म रकम आउँदा निकै पैसा घाटा लाग्ने उनको तर्क छ । उनी अगाडि भन्छन्, ‘नेपालमा अन्तर्राष्ट्रिय स्तरको ‘पेमेन्ट गेटवे’ वैध भएमा त्यसले नेपाली अर्थतन्त्रमा टेवा पुर्याउनेछ ।

दलालबाट पनि उन्मुक्ति 

हाल विदेशमा रहेको आफ्नो अन्तर्राष्ट्रिय स्तरको ‘पेमेन्ट गेटवे’ प्रयोग गरी कमिसन लिएर रकम भुक्तानी गरिदिने दलाल नेपाली बजारमा सक्रिय छन् । यस्ता दलालले आफ्नो अन्तर्राष्ट्रिय स्तरको ‘पेमेन्ट गेटवे’ माध्यमबाट रकम भुक्तानी गरिदिएबापत चलेको नेपाली रेट भन्दा बढी  कमिसन उठाउने गरेका छन् । कतिले त तपाईलाई डलर दिन्छु भनेर पैसा लिएर केहि नदिएर भाग्छन् आज मात्र नयाँ पत्रिकामा समाचार छापिएको थियो अमेरिका जाने नेपालीको ६ सय ६० डलर दिने भनेर ठगी गरेको रहेछ । बेला बेला अरु साथीहरुले पनि दुखेसो पोख्छन् विभिन्न फेसबुक  ग्रुपमा खोजबिन गरेर आफै रिस्क लिएर किन्न पर्छ तर पनि दिने नदिने ठेकान हुँदैन । नेपालमा यो सुबिधा भएको भए सायद कोहि पनि ठगिन पाउने थिएनन् ।

विशेषगरी फेसबुकमा विज्ञापन गर्न, इन्टरनेटसँग सम्बन्धित अन्य व्यवसाय गर्न, डोमेन तथा होस्टिङ स्पेस खरिद गर्नलगायतका काममा दलाल प्रयोग गरी

यसरी भुक्तानी गर्दा दलालको कमिसनसमेत जोड्नुपर्ने भएकाले यस्ता कारोबार महँगो हुन्छ ।

राज्यलाई मोटो रकम कर उठ्ने विश्वास 

नेपालमा  अन्तर्राष्ट्रिय स्तरको ‘पेमेन्ट गेटवे’ वैध भएमा यसबाट राज्यले करबापत मोटो रकम आर्जन गर्न सक्ने करविज्ञ तथा प्रविधिविज्ञहरूको भनाइ छ । नेपाली करसम्बन्धी समाधान दिने विधि ‘ट्याक्सपर्ट’ का संस्थापकसमेत रहेका करविज्ञ सीए शेषमणि दाहाल भन्छन्, ‘नेपालमा वैध भएमा आम्दानी स्रोत हेरेर कर लगाउन सकिन्छ । यसबाट राज्यलाई फाइदा हुने कुरामा दुईमत छैन ।’ अन्तर्राष्ट्रिय भुक्तानीका माध्यम नेपालमा वैध नहुँदा राज्यले वार्षिक रूपमा ठूलो रकम गुमाइरहेको छ । उनी अगाडि भन्छन्, ‘धेरैले अन्तर्राष्ट्रिय स्तरको ‘पेमेन्ट गेटवे’ चलाउँछन् तर नेपालमा यो वैध छैन । त्यसैले यसलाई वैध बनाइएमा नेपाललाई घाटाभन्दा बढी फाइदा नै हुन्छ ।’ यो सेवा नहुँदा राज्यलाई अरबौं  घाटा रहेको छ ।

तपाईको प्रतिक्रिया